महासमितिको बैठक तयारीबारे छलफल गर्न सभापति देउवाद्वारा बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरेर केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको बताएका छन् ।

बैठक फागुन ३ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठक सम्बन्धमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

Published : Sunday, 2024 February 11, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया