गौशालाको होटलमा महिलाको शव, प्रहरीद्वारा अनुसन्धान शुरु

काठमाडौं । गेष्ट हाउसको कोठाभित्र करीव ४५ वर्षीया महिलाको शव भेटिएको छ ।

शनिबार काठमाडौंको गौशाला, विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजको कोठामा महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा महिलाको शव देखिएको थियो ।

महिलाको शव देखिएपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई तत्काल खबर गरेका थिए ।

महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका प्रहरीले गरेको छ ।

Published : Saturday, 2024 February 10, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया