इन्टरपोलमार्फत गणेश कतारमा पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगी काण्डमा फरार रहेका अभियुक्त गणेश सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

काठमाडौंको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको जनाएको छ ।

नेपालगन्ज घर भएका सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा सिजापतिलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

Published : Friday, 2024 February 9, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया