तरुण दलद्वारा संविधानका निर्माता सुशील कोइरालालाई स्मरण

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसका पूर्वसभापति एवम् तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको ८औँ स्मृति दिवस विशेष कार्यक्रम गरेर मनाएको छ ।

शुक्रबार साँझ काठमाडौंमा दीप प्रज्वलन एवम् सन्ध्याकालीन आरतीको कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाइएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उनले भने, ‘संविधान निर्माता आदरणीय पूर्वसभापति एवम् तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई तरुणहरूले विशेष रुपमा स्मरण गरेका छौँ ।’

काठमाडौं महानगरपालिकाको वडा नं. ९ सिनामंगलस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा दीप प्रज्वलन र सन्ध्याकालीन आरतीको कार्यक्रम आयोजना गरिएको थियो ।

अध्यक्ष गुरुङले सुशील कोइरालाको तस्विरमा माल्यार्पण र दियो बालेर श्रद्धासुमन प्रकट गरेका थिए । कोइरालाकै नेतृत्वमा मुलुकले नयाँ संविधान पाएको थियो । कोइरालालाई संविधानका पिता पनि भन्ने गरिन्छ ।

Published : Friday, 2024 February 9, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया