क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूतहरू नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलमा राजदूतहरू नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषदको सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय प्रक्रिया पूरा भइसकेको थियो ।

Published : Friday, 2024 February 9, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया