पकडीमा किशोरीको बलत्कारपछि नग्न भिडियो सार्वजनिक, फरार धर्मेन्द्र पक्राउ

चन्द्रौटा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने ४३ वर्षीय धर्मेन्द्र केवटलाई ८ वर्षपछि पक्राउ गरेको छ ।

मायादेवी गाउँपालिकाको वडा नं. १ पकडीका केवटलाई पकाउ गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।

२०७२ माघ २६ गते भएको घटनामा धरौटीमा रिहा भएका केवट अदालतको फैसलापछि फरार भएका थिए ।

कपिलवस्तु जिल्ला अदालतले २०७५ सालमा घटनामा संलग्न पाँच जनालाई दोषी ठहर गरेको थियो । पाँच जनालाई अदालतले ११ वर्ष कैद तथा १/१ लाख जरिवानाको फैसला सुनाएको थियो ।

मायादेवी गाउँपालिका पकडीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई अदालतले दोषी ठहर गरेको थियो ।

पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई कैद सजाय सुनाएको थियो । भारत घर भइ मामाघर बस्दै आएकी किशोरीलाई प्रेमी अब्दुल रसिद मुसलमानले बोलाइ सामूहिक बलात्कार गरेका थिए ।

अब्दुल रसिद मुसलमान र उनको समूहले किशोरीलाई समूहिक बलात्कारपछि कुटपिट गर्दै नग्न भिडियो बनाई सार्वजनिक गरेका थिए ।

Published : Friday, 2024 February 9, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया