सभापति देउवाद्वारा स्वयंसेवक उप-समिति गठान, तरुण दलका पूर्वअध्यक्ष संयाेजक

काठमाडौं । नेपाल कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठित “स्वयंसेवक परिचालन उप-समिति” गठन गरेकाे छ ।

सभापति शेरबहादुर देउवाले नेता बस्नेतको संंयाेेेजकत्वमा समिति गठन गरेका हुन् । संयाेजक बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । बस्नेत केही दिन अगाडि राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका छन् ।

उप-समितिकाे सदस्यहरूमा उषा राउत मिश्र, अध्यक्ष—नेपाल महिला संघ, केन्द्रीय तदर्थ कार्यसमिति, विद्धान गुरुङ, अध्यक्ष—नेपाल तरूण दल, केन्द्रीय तदर्थ कार्यसमिति, दुजाङ शेर्पा, अध्यक्ष— नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ कार्यसमिति रहेका छन् ।

मेघराज टण्डन, अध्यक्ष—नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमिति र देवेन्द्रकुमार शेरचन, अध्यक्ष—नेपाल लोकतान्त्रिक खेलकूद संघ, केन्द्रीय तदर्थ कार्यसमितिलाई उप-समितिको सदस्यमा चयन गरिएको छ ।

Published : Friday, 2024 February 9, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया