मन्त्री खनालद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवाको सुरुवात

बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवाको सुरुवात गरेका छन् ।

बुटवलमा बिहीबार मन्त्री खनालले पीआईसीयू सेवाको सुरुवात गरेका हुन् । परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न पीआईसीयू सेवा प्रदान गरिनेछ ।

स्वास्थ्यमन्त्री खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको बताएका छन् ।

उनले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अस्पतालको रुपमा विकास हुँदै जानु राम्रो पक्ष भएको जनाए ।

प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानूनी अड्चन हटेको बताउँदै ८०० बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने खनालले बताएका छन् ।

Published : Thursday, 2024 February 8, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया