सांसदहरूको औँठाको छाप लिइयो

काठमाडौं । सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि संसद् सचिवालयले सांसदहरूको औँठाको छाप लिएको छ ।

बिहीबार प्रतिनिधिसभाका संसदहरूको औठाको छाप लिइएको छ । ८ वटा हाजिरी मेसिन राखिनेछ । ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउनेछ । वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको छ ।

विद्युतीय हाजिरी मेसिनमा सांसदहरूको औँठाको छाप, आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ ।

प्रतिनिधिसभाका १७२ सांसदहरूको औँठाको छाप र आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ ।

Published : Thursday, 2024 February 8, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया