६१ किलो सुन तस्करी काण्डमा फरार अमलालाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाल प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकालाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको छ ।

अमला रोल्पा जिल्ला निवासी हुन् । अमलाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल ईन्टर पोलमार्फत डिफ्युजन नोटिस जारी गरेको हो ।

सुन तस्करी प्रकरणमा अमलाका पति दावा छिरिङ पक्राउ परेका छन् । अमला भने फरार छिन् । दावा अमेरिकन मूलका बेल्जियम नागरिक हुन् ।

श्रीमती अमलाको नामबाट दावाले पनि काभ्रेपलाञ्चोक जिल्लाबाट नेपाली नागरिकता लिएका छन् । बेल्जियम नागरिक छिरिङ ठमेलस्थित होटल भियनाका सन्चालक हुन् ।

भन्सार पास भइसकेको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले ६१ किलो सुन बरामद गरेको थियो ।

अमलासहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ । अमला ठेमलस्थित भियना होटलकी सञ्चालक समेत हुन् । उनीसहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

फरार रहेकी रोका विरुद्ध डिफ्युजन नोटिस जारी गर्न भन्दै सीआईबीले पत्राचार गरेको थियो । सीआईबीको पत्राचार अनुसार नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्युजन नजोटिसका लागि इन्टरपोलमा पत्राचार गरेको थियो ।

अमला माओवादी नेताहरूसँग निकट मानिन्छिन् । उनी माओवादी रोल्पा–काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष समेत हुन् ।

Published : Wednesday, 2024 February 7, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया