नेपाली युवती पोर्चुगलमा दुर्घटनामा परेर घाइते

लिस्बन । पोर्चुगलमा सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान दुर्घटनामा परेर घाइते भएकी छिन् ।

दुर्घटनामा घाइते भएकी सुस्मिताको उपचार आर्थिक अभाव भएको छ । राम्रोसँग उपचार नपाएपछि सुस्मिताको बिचल्ली भएको छ ।

सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन् ।

जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ । दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ ।

अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित सुस्मिताले बताएकी छिन् ।

Published : Wednesday, 2024 February 7, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया