संघीय व्यवस्था असफल भयो : उपेन्द्र यादव

हेटौँडा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् ।

बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताएका हुन् ।

संघीयता आएपछि मुलुकमा भ्रष्टाचार, बेथिति, अनियमितता, आर्थतन्त्र धरासायी भएका बेला जसपाका अध्यक्ष यादवले संघीयता असफल भएको टिप्पणी गरेका छन् ।

उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको भन्दै संघीयता आएपनि देशमा बेथिति नहटेको बताए ।

उनले संविधानको संरचनागत ढाँचा नै गलत भएको बताएका छन् । अध्यक्ष यादवले संविधान अनुसार स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन् ।

Published : Wednesday, 2024 February 7, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया