कांग्रेसका ‘दुश्मन’ सागर ढकालसँग चन्द्र भण्डारी, रञ्जित कर्णहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराउन भनेर नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उक्साहटमा डडेल्धुरामा उम्मेदवार बनेका सागर ढकाल कांग्रेसका नेताहरूसँगको बैठकमा देखिन थालेका छन् ।

माघ २० गते काठमाडौंमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीसहितका नेताहरूसँगको बैठकमा ढकाल देखिएका हुन् । ढकालले प्रतिनिधिसभाको निर्वाचनका बेला कांग्रेस र कांग्रेसका सभापति देउवाविरुद्ध निच अभिव्यक्ति र हर्कतहरू गरेका थिए ।
सभापति देउवा र कांग्रेसविरुद्ध हर्कत गरेका सागर ढकाललाई चन्द्र भण्डारीसहितका नेताहरूले गोप्य बैठकहरूमा राखेर के गर्न खोजेका हुन् प्रश्न उठेका छन् ।

कांग्रेसका नेता लोकेश ढकालले फेसबुकमार्फत तस्बिर सार्जजनिक गर्दै लेखेका छन्, ‘आज (माघ २०) साँझ प्रसङ्गवस कांग्रेसका नेताहरू लक्ष्मणप्रसाद घिमिरे, मा.चन्द्र भण्डारी, देवराज चालिसे, रञ्जित कर्णका साथमा भानुभक्त ढकाल, भरतराज पौड्याल, बोधराज कँडेल, डा.अनु घिमिरे र सागर ढकालसंग देशको पछिल्लो राजनीति, आसन्न महासमिति बैठकमा उठाउने हिन्दूराज्यको मुद्धा लगायत विषयमा सार्थक छलफल भयो । २० माघ २०८० । जय नेपाल !’

कांग्रेसविरुद्ध हर्कत गर्दै आएका सागर ढकाल जस्ता ‘हावा’हरूलाई बोकेर चन्द्र भण्डारी, रञ्जित कर्णहरू हिँडेपछि कांग्रेसप्रति माया गर्नेहरू अचम्म परेका छन् ।

पूर्व सांसद लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसबाट निस्क्रिय भएर गतिविधि गर्दै आएका छन् । गिरिजाप्रसाद कोइराला शक्तिमा हुँदा सबैभन्दा अवसर लिने घिमिरे नै थिए । अहिले आएर असर नपाएपछि घिमिरेले कांग्रेसप्रति घृणा फैलाउने हर्कत गर्दै सागर ढकाल जस्ता व्यक्ति बोकेर हिँडेका छन् । रञ्जति कर्ण पनि सागर ढकाललाई बोकेर हिँडेका छन् ।

Published : Wednesday, 2024 February 7, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया