घोराहीमा किशोरी गर्भवती, बिहे गर्छु भन्ने १६ वर्षीय किशोर पक्राउ

घोराही । दाङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उप–महानगरपालिका–१२ बस्ने १६ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ती किशोरीलाई ललाई फकाई गरी बिवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2024 February 6, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया