नेपाली सेनामा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंगलबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा शर्माले सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदन गरेका छन् ।

३२ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएका पदिकहरूलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभवी पदिकहरूको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना गरेको छ ।

Published : Tuesday, 2024 February 6, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया