शहरी विकास मन्त्रालयको सचिवमा गेलालको सरुवा

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ ।

गेलालले मंगलबार पत्र बुझेर मन्त्रालयमा हाजिर भएका छन् ।

सहरी विकास मन्त्रालयका सचिव सरजुकुमार वैद्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।

गेलाल सह–सचिवबाट सचिव भएको तीन वर्षको अवधिमा ६ पटकभन्दा बढी सरुवा भइसकेका छन् ।

शहरी विकास मन्त्रालयका सचिव डा.सरजुकुमार बैद्यको चार महिनाकै अवधिमा सरुवा भएको छ ।

Published : Tuesday, 2024 February 6, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया