कांग्रेसको सूचीमा नभएकाे कार्यक्रम, बढ्ता जान्ने भएर डिला, निमा, भुवनहरू ज्ञापनपत्र बाकेर हिँडे

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौला, कांग्रेस लुम्बिनी प्रदेशकी सह–महामन्त्री निमा गिरी र उप–सभापति भुवन श्रेष्ठले आफ्नो पदीय हैसियत र जिम्मेवारी भुलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउन पुगेका छन् ।

मंगलबार देउखुरीस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर केन्द्रीय सदस्य डिला, निमा र भुवनले आफ्नो जिम्मेवारी भुलेर ज्ञापनपत्र बुझाएका हुन् ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । कांग्रेसका नेता चौधरी मुख्यमन्त्री छन् । आफ्नै मुख्यमन्त्री चौधरीलाई १४ बुँदाको ज्ञापनपत्र बुझाएर डिला, निमा र भवनले औकात देखाएका छन् । केही हप्ता अगाडि एमालेले मुख्यमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएको थियो । एमालेको सिको गरेर डिला, निमा र भुवनले ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको नाममा ‘समुदायमा कांग्रेस’ अभियानबाट प्राप्त सुझावहरू समेटेर लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको भनेर भनिएको छ । ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनेर कुनै पनि कार्यक्रम छैन ।

केन्द्रीय सदस्य डिला, निमा र भुवन बढ्ता जान्ने भएर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेपछि उनीहरूको औकात, बुद्धि र हैसियत स्पष्ट रुपमा देखिएको छ । डिलालाई कसले गलत सल्लाह दियो कानेखुसी भएको छ ।

डिला केन्द्रीय सदस्य हुन् । लुम्बिनी प्रदेशले ज्ञापनपत्र बुझाएको हो भने पनि डिलाले आफ्नो पदको हैसियत भुलेर निमा र भवनलाई बोकेर किन मुख्यमन्त्री कार्यालय पुगिन् प्रश्न उठेको छ ।

‘समुदायमा कांग्रेस’ अभियानमा संकलन भएको सुझाव र प्रतिवेदन केन्द्रीय प्रतिनिधिले कांग्रेसको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने हुन्छ । केन्द्रमा नबुझाउँदै बढ्ता जान्ने भएर डिला संग्रौला, निमा गिरी र भुवन श्रेष्ठले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री चौधरी सिधा भएका कारण समय दिएर आफ्नै पार्टीको अबैध ज्ञापनपत्र बुझेका छन् । चौधरीले उनीहरूलाई भेट्ने समय पनि दिनु हुँदैन थियो ।

केन्द्रीय सदस्य डिलाको नेतृत्वमा ज्ञापनपत्र बुझाउन जानेमा उप–सभापति भुवनप्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सह–महामन्त्री विष्णु खनाल र सह–महामन्त्री निमा गिरी रहेका छन् ।

Published : Tuesday, 2024 February 6, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया