पाल्पामा पति र पत्नी मृत फेला

तानसेन । पाल्पा जिल्लामा अमरबहादुर गाहा ‘कृष्ण’ र श्यामकला गाहा मृत अवस्थामा फेला परेका छन् ।

रिप्दीकोट गाउँपालिका–८ काहुले बस्ने ५३ वर्षीय अमर र उनकी श्रीमती ४२ वर्षीया श्यामकला आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उता, रामेछापको लिखुतामाकोशी गाउँपालिका–३ चित्रे बस्ने ४५ वर्षीय काले तामाङ सोही ठाउँस्थित सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको बाग्मती नगरपालिका–४ जिरायत बस्ने ४५ वर्षीया लालदेवी महतो आफ्नै घरको बरण्डमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बीरेन्द्र चोक बस्ने ७१ वर्षीय काजी भन्ने राम बहादुर महतरा सोही नगरपालिका–४ थेचम्बुस्थित छाप्रोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट गत बुधबार दिउँसो हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

उदयपुरको बेलका नगरपालिका–१ पुरन्दह बस्ने ५९ वर्षीय सुकदेव चौधरी सोही ठाउँस्थित पुरन्दह चोकको कल्बटमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङको निलकण्ठ नगरपालिका–११ पात्लेपाखा बस्ने ५७ वर्षीय ज्ञानबहादुर गुरूङ सोही ठाउँस्थित गोरेटो बाटोबाट करिब १ सय मिटर तल सोमबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Monday, 2024 February 5, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया