मुगुमा जलेर विशाल र झरनाको मृत्यु

खत्याड । मुगु जिल्लामा आगोले जलेर दाजु र बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय विशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर आइतबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुइँ कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको थियो ।

आगलागी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोल समेतबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको छ ।

Published : Monday, 2024 February 5, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया