सभापति देउवाद्वारा भूतपूर्व सैनिक संघको केन्द्रीय तदर्थ समितिमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर मेघराज टण्डनको अध्यक्षतामा गठित नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेको जनाएका छन् ।
सदस्यमा मनोनयन हुनेहरूमा वासुदेव भण्डारी (तनहुँ), जीतबहादुर भट्ट (गोरखा), कुम्भराज गुरुङ (ललितपुर), टोपबहादुर मल्ल (बागलुङ), भक्तजंग राई (खोटाङ), लक्ष्मीप्रसाद लिम्बू (काठमाडौं), नारायणबहादुर खड्का (ललितपुर), चन्द्रबहादुर गुरुङ (गोरखा), चक्रबहादुर अस्लमी मगर (कैलाली), उद्दिमकुमार राई (संखुवासभा), थिरप्रसाद जबेगु (पाँचथर)
रहेका छन् ।


बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया