तुलसीपुरका फरार वली लेटारबाट पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले चेक अनादर मुद्दाका फरार प्रतिवादी ४५ वर्षीय उमेन्द्रबहादुर वलीलाई प्रकाउ गरेको छ ।

दाङ जिल्ला अदालतबाट २०७९ सालको भदौ ६ गते चेक अनादर मुद्दामा वलीलाई २ वर्ष कैद सजाय फैसला भएको थियो । फैसलापछि वली फरार भएका थिए ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ८ नयाँबस्ती बस्ने वलीलाई खोजतलास गर्ने क्रममा माघको २१ गते घोराही उप–महानगरपालिका वडा नं. १६ लेटारस्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको दाङ प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2024 February 5, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया