लुम्बिनी प्रदेशसभाको बैठक फागुन १८ गतेका लागि आह्वान

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिबेशन फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि बैठक आह्वान भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषदको निर्णयसहित मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिरअनुसार प्रदेश प्रमुख अमिश शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक राप्ती गाउँपालिकाको मसुरियास्थित प्रदेशसभाको भवनमा बस्नेछ ।

प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताएका छन् ।

Published : Monday, 2024 February 5, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया