ओखलढुङ्गा कांग्रेसमा महासमिति सदस्यहरू सर्वसम्मत चयन

ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गामा महासमिति सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।

विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ सर्वसम्मत भएका छन् ।

खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बिक चयन भएको कांग्रेसका छन् ।

सहमतिको अधिकतम प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यको नामावली टुङ्ग्याएको ओखलढुंङ्गा कांग्रेसले जनाएको छ ।

Published : Sunday, 2024 February 4, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया