भोजपुरमा १९ वर्षीया युवतीलाई करणी

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भोजपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2024 January 31, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया