डुम्रीका डम्बर साह पक्राउ

काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका–१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका–१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।

साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पीडकहरूले साहले संचालन गरेको खातामा रकम पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

साहविरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2024 January 31, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया