सभापति देउवाद्वारा चारजनालाई सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार जना सदस्यहरु मनोनयन गरेका छन् ।

मंगलबार सभापति देउवाले महासंघको सदस्यहरुमा अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ)लाई मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरिएको छ ।

Published : Tuesday, 2024 January 30, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया