विष मिसाएर २३ वर्ष अगाडि हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । खानामा विष मिसाएर हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।

२०५७ माघ ११ गते राति धनुषाको कमला नगरपालिका–६ बस्ने ५४ को मोहन साह कानु समेतले बुधनी देवीको खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाउँदा बुधनी देवीको मृत्यु भएको थियो ।

मृतक बुधनी देवीको शवको बारेमा कोही कसैलाई जानकारी नगराई बेपत्ता पारी शव दबाई घटनापछि भागेका कानुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका कानुलाई ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा दाखिला गरेकोमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2024 January 30, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया