इलाममा पत्नीसँग झगडा, उग्ररुप लिएपछि हत्या

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा माङसेबुङ गाउँपालिका–२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

शुक्रबार साँझ उनीहरूबीच झै–झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 January 30, 7:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया