सीतापाइला वनबाट बन्दुक बरामद

खोटाङ । प्रहरीले खोटाङबाट दुई थान भरूवा बन्दुक बरामद गरेको जनाएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित सीतापाइला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान आइतबार प्रहरीले बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Tuesday, 2024 January 30, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया