हट स्मोक क्याफेको कोठाभित्र किशोरीलाई करणी

काठमाडौं । झापामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

किशोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले धिमाललाई पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 January 30, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया