दरबार रोधीघरका मालिक पक्राउ

काठमाडौं । काठमाडौंको जमलस्थित दरबार रोधीघरका सञ्चालक अशोक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार पक्राउ गरेर प्रहरीले उनलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् । अभद्र व्यवहार गरेको कसूरमा गिरीलाई ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दरबार रोधीघरमा आएका ग्राहकलाई कुटपिट गरेर शरीरमा कफी फालेको आरोपमा गिरीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी परेको थियो ।

सञ्चालक गिरीले पुस २६ मा बिहान ४ बजे दोहोरीमा आएका ग्राहकलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीमा जाहेरी परेको थियो ।

गिरीलाई गुण्डागर्दीमा पनि संलग्न रहेको आरोप लाग्दै आएको छ । गिरीले यसअघि पनि दोहोरीमा ओभर बिलिङ गरेर ठगी गरेको आरोप लाग्दै आएको छ ।

Published : Monday, 2024 January 29, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया