रुपेशको अबैध साम्राज्य, कारागार चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले हुण्डी र क्रिप्टोकरेन्सी कारोबारको आरोपमा व्यवसायी रुपेश श्रेष्ठसहित चारजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

व्यवसायी रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको छ । पाँच जना पक्राउ परेका थिए । चारजना पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन् ।

प्रहरी हिरासतमा रहेका झनिन्द्रप्रसाद खतिवडा ५ लाख रुपियाँ धरौटीमा छुटेका छन् । खतिवडालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्नेछ ।

Published : Monday, 2024 January 29, 7:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया