‘समुदायमा कांग्रेस’का लागि १३ नेताहरूलाई जिम्मेवारीसहित परिचालन

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि १३ जना नेताहरूको फरक टोलीलाई फरक जिल्लामा खटाएको छ ।

नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निणर्य बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् । अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक-फरक टोली खटाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहनेछन् । तोकिएका जिल्लाहरूमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ ।

टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।

कोशी प्रदेशमा नेता शेखर कोइरालालाई झापा र सुनसरी, नारायण खड्कालाई संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा खटाइएको छ ।

बलबहादुर केसीलाई मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुरमा खटाइएको छ ।

मधेश प्रदेश र वागमती प्रदेशका ४ जिल्लाहरूमा प्रकाशमान सिंहलाई मधेश प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषामा खटाइएको छ ।

बागमतीको सिन्धुली र मकवानपुरमा
सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा खटाइएकोछ ।

मीनेन्द्र रिजाललाई काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खटाइएको छ । पुष्पा भुसाललाई ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा खटाइएको छ ।

सह-महामन्त्री महेन्द्र यादवलाई तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुरमा खटाइएको छ । प्रदीप पौडेललाई कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा खटाइएको छ ।

लुम्बिनी प्रदेशमा विमलेन्द्र निधिलाई रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा खटाइएको छ ।

डिला संग्रौलालाई कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्यूठान र नवलपरासीमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

कणर्ाली प्रदेशमा डा.शशांक कोइरालालाई दैलेख, सल्यान र सुर्खेतमा खटाइएको छ । सुदूरपश्चिम प्रदेशमा सह-महामन्त्री भीष्मराज आङ्देम्बेलाई कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुरमा खटाइएको छ ।

केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 January 28, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया