गुल्मीमा हेमोडायलाईसिस सेवा सुरु, मन्त्री खनालद्वारा सुरुवात

गुल्मी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश अन्तर्गतका सबै अस्पतालमा हेमोडायलाईसिस सेवा सुरू गरिने बताएका छन् ।

शनिबार गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवाको सुरुवात गर्दै मन्त्री खनालले यस वर्ष ६ वटा अस्पतालमा डायलाईसिस सेवा सुरू गरेको बताए । उनले स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको ओएनएम गरेर थप सेवा बिस्तार गर्ने बताएका छन् ।

खनालले संविधानले सुनिश्चत गरेको आधारभूत स्वास्थ्य सेवा तल्लो तहसम्म पु¥याउन मन्त्रालय प्रतिबद्द भएर लागेको बताएका छन् ।

अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरीय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले पनि स्वास्थ्यमा १ सय ५ दरबन्दी खाली रहेको बताएका छन् ।

लुम्बिनीको प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दरखास्त दिन नआउँदा समस्या भएको बताएका छन् ।

समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनक विशेष पहल गर्नुपर्ने उनले बताएका छन् । मन्त्री खनालले लहडको भरमा नभई आवश्यक्ता र दिगोपनको सुनिश्चिता हुनेगरि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2024 January 27, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया