सभापति डा.राणाद्वारा नेपाली क्रिकेट टिमलाई बधाइ प्रदान

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाली क्रिकेट टिमलाई बधाइ दिएकी छिन् ।

शुक्रबार भएको खेलमा नेपाली टिमले अफ्गानिस्तानलाई हराउँद आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्स प्रवेश गरेकोमा सभापति डा.राणाले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टिमलाई शुभकामना र बधाइ दिएकी हुन् ।

अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।

नेपालसँग अफगानिस्तान १ विकेटले पराजित भएको छ । नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन गरेका छन् ।

समूह ‘डी’बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिएका छन् ।

अफगानिस्तानले ४१औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए ।

अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

Published : Friday, 2024 January 26, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया