अपशब्द बोलेपछि महानिर्देशक अधिकारीले भण्डै कुटाइ खाए, सुनिल-विकल काण्डपछि डरले थुरुरु

काठमाडौं । करोडौंको घोटालामा सुनिल पौडेल र विकल पौडेल पक्राउ परेपछि भ्रष्ट र बिचौलियाहरुको सातोपुत्लो उडेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको प्राविधिक सामग्री खरिद प्रकरणमा अनुसन्धान गरेर सुनिल र विकललाई पक्राउ गरेपछि विभिन्न घोटालाहरुमा संलग्न रहेका भ्रष्टहरु डराएका छन् । सुनिल र विकलको अमेरिकामा रहेको खातामा करोडौं रुपियाँ फेला परेका छन् ।

यता, अख्तियारले नेपाल नागरिक उड्डय प्राधिकरणभित्रको अनियमितता र भ्रष्टाचारका विषयमा परेका उजुरीहरुमाथि छानविन गरिरहेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियारमा उजुरीहरु परेका छन् । अख्तियारले महानिर्देशक अधिकारीविरुद्धका फाइलहरुमा अध्ययन र अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

अख्तियारले सुनिल र विकललाई भ्रष्टाचार काण्डमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि प्राधिकरणका महानिर्देशक अधिकारी पनि तर्सिएको चर्चा प्राधिकरणमा छ । आरोप लगाउनेहरुले प्राधिकरणमा महानिर्देशक अधिकारीले निकै ठूलो घोटाला गरेर विदेशी बैंकमा पैसा राखेको आरोपसहित अख्तियारमा उजुरीहरु दिएका छन् । अधिकारीले आफन्तको नाममा टन्नै जग्गा किनेको हल्ला पनि प्राधिकरणभित्र छ ।

अधिकारीको सम्पत्ति छानविनको माग पनि उठ्दै आएको छ । महानिर्देशक अधिकारीले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल ठेक्कामा दिने गरेर तयारी गरेका छन् । अर्बौं रकम खर्च गरेर बनेका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरु ठूलो घाटामा छन् । अधिकारीले त्यस बेला दुबै विमानस्थल बनाउने आयोजना प्रमुख थिए ।

यता, बाराको निजगढ विमानस्थल पनि बनाउनुपर्छ भनेर महानिर्देशक अधिकारी लागेका छन् । दुई वटा विमानस्थल घाटामा चलेका छन् । अर्बौं रुपियाँ नोक्सानी भएका छन् । यस्तो अवस्थामा निजगढ विमानस्थल पनि बनाउनुपर्छ भनेर महानिर्देशक अधिकारी किन लागेका हुन् प्रश्न उठेको छ । महानिर्देशक अधिकारी भारतीय व्यापारी अडानी ग्रुपका अनिल पटानीसंग सम्पर्कमा छन् ।

पोखरा र भैरहवा विमानस्थल तथा निजगढ विमानस्थल बनाउने क्रममा अडानी ग्रुपको नेपालको सीईओ आफूलाई बनाउनु पर्ने माग अधिकारीको रहेको स्रोतको भनाइ छ । महानिर्देशक अधिकारी चीन निकट मानिन्छन् । उनले पोखरा विमानस्थलमा चिनियाँहरुलाई ल्याएर ठूलो तामझाम गरेका थिए । चिनियाँहरुले पनि पछिल्लो समय महानिर्देशक अधिकारीलाई रुचाउन छाडेका छन् ।

महानिर्देशक अधिकारी र विवादित व्यापारी दीपक मलहोत्राबीच पछिल्लो समय हिमचिम निकै बढेको छ । अधिकारीले मलहोत्रालाई अडानी ग्रुपसंग कुरा गर्न र कमिशन मिलाउने जिम्मा दिएको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।

यसैबीच, प्राधिकरणको कार्यालयमा अपशब्द बोलेर गाली गर्दा एकजना सुरक्षा गार्डले महानिर्देशक अधिकारीलाई झण्डै चोकमा झापड हानेको प्रत्यक्षदर्शीले बताएको छ । गार्डले महानिर्देशक अधिकारीलाई झापड हान्न खोजेपछि अरुले रोकेर सम्झाएका थिए ।

अरुले रोकेका बेला महानिर्देशक अधिकारी भागेको चर्चा प्राधिकरणभित्र छ । महानिर्देशक अधिकारीले अपशब्द बोलेर कर्मचारीहरुलाई हैरान बनाएको आरोप छ ।

Published : Friday, 2024 January 26, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया