बागमती छाडेर गगन कोशीमा किन पुगे ? थापा र शर्मा पुगेकै ठाउँमा गठबन्धन दुई पटक पराजित

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनको मत परिणामलाई लिएर देशभरि हलचल आएको छ ।

कोशीमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की नेतृ चम्पा कार्की पराजित भएपछि देशभरिका शुभेच्छुकहरुले चिन्ता जनाएका छन् । गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित हुँदा सबैभन्दा चिन्तित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखिएका छन् ।

सभापति देउवाले कोशीको मत परिणामलाई लिएर नेताहरुसँग ब्रिफिङ लिएको उच्च स्रोतले जनाएको छ । देउवाले के कारणले गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित भएकी हुन् ? निकै चिन्ता जनाएको एक नेताले बताएका छन् ।

सत्ता गठबन्धनबाट राष्ट्रिय सभाको सदस्यका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला बालबाल बचेर जित हासिल गरेका छन् । सिटौलाले संघर्षपूर्ण जित निकालेका छन् ।

नेता कार्यकर्ताहरुले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि विभिन्न आशंकाहरु गरेका छन् । महामन्त्री थापाले बागमती प्रदेशमा बसेर चुनावी प्रचार प्रसार गर्नुपर्ने थियो । तर, थापा एकाएक कोशी प्रदेशमा पुगेर अड्डा जएमार बसेका थिए ।

दुई जना महामन्त्री बसेको प्रदेशमा गठबन्धनका उम्मेदवार पराजित भएका छन् । यसअघि पनि प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन र तनहुँमा दुई जना महामन्त्री थापा र शर्मा खटिएका बेला कांग्रेसका दुबै जना उम्मेदवार पराजित भएका थिए । महामन्त्रीद्वय थापा र शर्मा खटिएका निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित भएका थिए ।

कोशीमा प्रदेशमा तीन जना प्रदेशसभा सदस्य तथा १५/१६ जना अध्यक्ष र उपाध्यक्षले फ्लोर क्रस गरेर गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराएका छन् । यी अन्तरघातीहरुको खोजी शुरु भइसकेको छ । उनीहलाई नेकपा (एमाले)ले मोटो रकम दिएर खरिद गरेको चर्चा बजारमा छ ।

महामन्त्री थापा आफ्नो प्रदेश छाडेर कोशीमा पुगेर असहयोग गरेको भनेर गम्भीर आरोप लागेको छ । अर्का महामन्त्री शर्माले पनि राम्रो भूमिका नखेलेको आरोप लागेको छ ।

उता, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कोशीमा गठबन्धनको उम्मेदवार पराजित भएको विषय छानविन गर्नुपर्ने माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका नेता खतिवडाले सामाजिक सञ्जालमार्फत कोशीमा गठबन्धनमाथि भएको घटनाको छानविन गर्न माग गरेका छन् ।

महामन्त्री थापा कांग्रेस र माओवादीको गठबन्धन भत्काउन चाहन्छ । थापाले एमालेसँग मिलेर सरकार बनाउन खोजेका छन् ।

Published : Thursday, 2024 January 25, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया