काेशी घटनाको छानबिन गर्न राज्य व्यवस्था समितिका सभापति खतिवडाको माग

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रियसभा सदस्यमा निर्वाचित सबैलाई बधाई दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत खतिवडाले राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सभापति खतिवडाले कोशी प्रदेशमा गठबन्धनमा केहि बदमासी भएको बताएका छन् । उनलेे काेशी प्रदेशमा गठबन्धनमा भएको बदमासीकाे छानबिन गर्न माग गरेका हुन् । उनले काेशीका विषयमा छानबिन जरुरी रहेको बताए ।

काेशी प्रदेशमा गठबन्धनभित्रैबाट फ्लाेर क्रस गरेर माओवादी केन्द्रकि उम्मेदवारलाई हराएर एमालेकि उम्मेदवारलाई जिताएका छन् ।

Published : Thursday, 2024 January 25, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया