लुम्बिनीबाट राष्ट्रियसभामा कांग्रेसकी सापकोटा र माओवादीबाट सुवेदी विजयी

घोराही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारद्वय विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।

घोराहीमा बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी सापकोटा विजयी भएकी हुन् । अन्य कलस्टरमा नेकपा (माओवादी केन्द्र)का सुवेदी विजयी भएका हुन् ।

नेकपा (एमाले)बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए । राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।

Published : Thursday, 2024 January 25, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया