मुसहरीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

मुसहरी । महोत्तरी जिल्लामा आगो ताप्ने क्रममा ७५ वर्षीया गोलियादेवी सदाको जलेर मृत्यु भएको छ ।

औरही नगरपालिका-२ मुसहरी टोल बस्ने ७५ वर्षीया सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर अगाडि बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी सदाको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Wednesday, 2024 January 24, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया