आफूभन्दा जेठी श्रीमतीको हत्या गरेर फरार मोहन जंगलमा फेला

घोराही । जिल्ला प्रहरी कार्यालय सल्यानले श्रीमतीको हत्या अभियोगमा २३ वर्षीय मोहन पुनलाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २८ वर्षीया सीमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै-झगाडामा सीमाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पछि मोहन पुनलाई छत्रेश्वरी गाउँपालिका-५ ढाकुडाँडास्थित जंगलमा लुकिछपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

मोहन पुन उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2024 January 24, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया