सभापति डा.राणाले बाँदर नियन्त्रणमा प्रयास गरिरहेका बेला एमालेले पनि बाँदरको माग राख्यो

काठमाडौं । नेकपा (एमाले)ले बाँदरसहितका जंगली जनावर नियन्त्रणका लागि सरकारसँग माग गरेको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेर एमालेका अध्यक्ष केपी ओलीले बाँदर, बँदेल, दुम्सी, घोरल लगायतका बन्यजन्तु नियन्त्रणका लागि माग गरेका हुन् ।

एमालेको ज्ञापनपत्रमा भनिएको छ, ‘पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेका नोक्सानी र पीडा पनि किसानहरुको बसाइँसराइँको कारक बन्न पुगेको छ । समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरिएको छ ।’

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले बाँदर नियन्त्रणका लागि विशेष पहल गरेकी छिन् । बाँदरसहितका बन्यजन्तुबाट बालीनालीमा भएको समस्या रोकथामका लागि डा.राणाले भारतमा विज्ञहरुसँग तालिम लिन नेपालबाट प्राविधि कर्मचारीहरु पठाउन निर्देशन दिएकी छिन् ।

सभापति डा.राणाले बाँदर नियन्त्रणमा विशेष पहल गरिरहेका बेला एमालेले पनि प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएर बाँदर नियन्त्रणको माग गरेको छ ।

Published : Wednesday, 2024 January 24, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया