जनमतले समर्थन फिर्ता लियो, सरकार ढल्ने सम्भावना

काठमाडौं । सप्तरी जिल्लामा कृषि विश्वविद्यालय शिलान्यासको विषयमा विवाद हुँदा जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको बैठकको निर्णय अनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउँदछौँ ।’

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार ढल्ने सम्भावना बढेका छ । मधेश प्रदेशमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ ।

Published : Tuesday, 2024 January 23, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया