कीर्ते काण्ड गरेर हैरान बनाएका रवि लामिछाने निरास, निकै गले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको भनेर भ्रममा पार्न खोजेका छन् ।

सभापति लामिछानेले ग्यालेक्सी टेलिभिजनको सेयरवापतका रकम ग्लोबल आईएमई बैंकमा जम्मा गर्न भौचर जम्मा गरेको र रकम लिएको कागज गरेर कम्पनी रजिष्टारको कार्यालयमा बुझाएका छन् । तर, लामिछानेले अहिले पनि रकम नलिएको दाबी गरिरहेका छन् ।

लामिछानेले बाहिर ल्याएको बैंकको कागजमा रकम नभएको देखिए पनि कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको कागजपत्रमा रकम बुझिलिएको दस्तावेज नै उल्लेख छ ।

लामिछानेले गोरखा मिडिया ग्रुपबाट रकम लिएको देखिएको छ । विभिन्न सहकारीको करोडौं रुपियाँ अपचलन गरेर गोरखा मिडिया ग्रुपले ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको थियो ।

जीबी राईसँग मिलेर लामिछानेले टिभी सञ्चालन गरेका थिए । सहकारीको करोडौं रकम हिनामिना गरेर राई फरार छन् । राईसँगै मिलेर सहकारीको रकम गोरखा मिडिया ग्रुपमा अपचलन भएको आरोप सभापति लामिछानेलाई लागेको छ ।

सभापति लामिछानेले कि कम्पनी रजिष्टारको कार्यालय र बैंकमा कीर्ते कार्यहरू गरेका छन् । सहकारीको पैसा पचाउन कि उनी झुठ बोलिरहेका छन् ।

नागरिकता, राहदान लगायतका काण्डमा कीर्ते हर्कत गरिसकेका लामिछानेद्वारा सहकारीको रकम घोटाला गरेपछि विवादमा परेका छन् । उनले आफूले केही पनि नगरेको र निर्दोष रहेको बताउँदै आएका छन् ।

लामिछानेले ग्यालेक्सी टेलिभिजनबाट सेयर विक्री गरेर त्यसवापतको १ करोड ८० लाख रुपियाँ लिएको प्रमाणहरू बाहिर छताछुल्ल भइसकेका छन् । तैपनि लामिछानेले आरोपहरू मान्न सकेका छैनन् ।

सभापति लामिछानेले सोमबार काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा निकै निरास र हतास देखिएका छन् । गलेको अवस्थामा देखिएका लामिछानेले आफूलाई कमजोर भएको देखाएका छन् । उनले मिडियालाई विगतमा गालीगलौज गरेकोमा माफी पनि मागेका छन् ।

विभिन्न मिडिया र मिडिया मालिकहरूको नाम लिएर सभापति लामिछानले आवेगमा आएर गाली गरेको बताएका छन् । उनले आगामी दिनमा मिडियालाई गाली नगर्ने प्रतिवद्धता जनाएका छन् ।

सभापति लामिछानेका कर्तुतहरू मिडियाले बाहिर ल्याएर नाङ्गै बनाएपछि आत्तिएका हुन् । लामिछानेका विषयमा पूर्वबैकर अनिलकेशरी शाहले पनि पत्रकार सम्मेलनमा झुठ बोलेका छन् । शाहलाई पनि लामिछानेले कीर्ते प्रकरणहरूमा सामेल बनाउन थालेका छन् ।

Published : Tuesday, 2024 January 23, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया