युवा संघका नेता थापाको कर्तुत्, काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले एमालेको युवा संघका नेता समेत रहेका २९ वर्षीय विक्रम थापालाई बलत्कार र ठगीको अभियोगमा पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको आवरणमा ठगी गरेर फरार आरोपी खोज्ने क्रममा प्रहरीले काठमाडौंबाट बलात्कार उद्योगमा संलग्न आरोपी थापालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ४ भल्चौर घर भएर थापलाई बालाजुस्थित मित्रनगरबाट पक्राउ गरिएको छ ।

थापा युवा संघ सल्यानको जिल्ला समिति सदस्य पनि हुन् । पक्राउ परेसँगै थापाले प्रहरीसँग आफू एमाले निकटको युवा संघमा आबद्ध रहेको भनेर प्रहरीलाई धम्की दिएका छन् ।

थापाविरुद्ध सल्यानको इलाका प्रहरी कार्यालय थारमारेमा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।

युवा संघका नेता थापाले पुस १६ गते राति १२ बजे पीडित महिलाको घरमा गएर बलात्कार प्रयास गरेको आरोप छ ।

थापाले बलात्कार प्रयास गर्दा महिलाबाट प्रतिकार भएपछि थापाले पीडित महिलालाई कुटपिट गरेर फरार भएका थिए ।

वैदेशिक रोजगारीमा फरार अजय थापालाई खोज्ने क्रममा विक्रम थापा पक्राउ परेका हुन् । विक्रम थापाको मोबाइल हेर्दा शंकास्पद लागेपछि सल्यानसँग समन्वय गरेर पक्राउ गरिएको छ ।

थापालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारे, सल्यान पठाइएको छ ।

Published : Monday, 2024 January 22, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया