रवि लामिछानेका ससुरालाई राष्ट्रियसभामा जिताउन एमालेसँग सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका ससुरा उद्धव पौडेललाई राष्ट्रियसभा निर्वाचनमा विजय बनाउन नेकपा (एमाले)ले सहमति गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सहकार्य गर्ने सहमति भएको छ । उद्धव पौडेललाई राप्रपाले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनाएको छ ।

एमालेले अन्यतर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको छ ।

एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्नेछ । महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने राप्रपा र एमालेबीच सहमति भएको छ ।

Published : Monday, 2024 January 22, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया