ग्रिनसिटी अस्पतालले २ सय शैय्याको आफ्नै भवन बनाउने

काठमाडौं । नेपाल ओभरसिज इन्भेष्मेण्ट ग्रुपको लगानीमा संचालित ग्रिनसिटी अस्पतालले वार्षिकोत्सव मनाएको छ ।

सेवा प्रवाह नयाँ टेक्नोलोजी एवम् विशेषज्ञ परिचालनको हिसाबले काठमाडौं उपत्यकाको प्रतिष्ठित अस्पतालको रुपमा परिचित भएको सञ्चालकहरूले बताएका छन् ।

विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्य क्षेत्रका विज्ञहरूको शेयर रहेको नेपाल ओभरसिज इन्भेष्टमेण्ट ग्रुप प्रा.लि.को आठौँ साधारणसभाले बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले बिरामीको सेवाका लागि उत्कृष्ट सावित भएको छ ।

ग्रिनसिटी अस्पताललाई २ सय शैय्यासम्म बिस्तार गरी निकट भविष्यमा आफ्नै जग्गामा अस्पतालको नयाँ भवन निर्माण गर्ने योजनासहितको प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आगामी साधारणसभामा निर्माण हुने तयारीमा रहेको भवनको नक्सासहित उपस्थित हुने विश्वास व्यक्त गरेका छन् ।

टण्डनले ग्रिनसिटी अस्पताल निजी क्षेत्रको भएपनि आर्थिकस्थिति कमजोर भएका बिरामीका लागि पनि सर्बसुलभ रुपमा सेवा दिन सफल भएको र सरकारी निकायले पनि सो कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले अस्पताल नाफा कमाउनेभन्दा पनि संचालन खर्च पुग्ने गरी आफूहरू सेवाभावका साथ अगाडि बढेको बताए ।

नेपाल ओभरसिज इन्भेष्टमेण्ट ग्रुप प्रालिका अध्यक्ष डा.केशव पौडेलले बिभिन्न कठिनाइका बावजुत पनि ग्रिनसिटी अस्पतालले बिरामीको आवश्कतालाई उच्च प्राथमिकता दिइ निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताए ।

विशेषज्ञ चिकित्सकसहित ७७ जना शेयरहोल्डर रहेको अस्पताललाई आगामी दिनमा नयाँ ढंगले फड्को मार्ने गरी विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ ।

साधारणसभामा फाइनान्स डाइरेक्टर रेनुका गुरुङ, संचालक डा.प्रकाश पौडेल, संचालक कृष्ण शेरचन, भानु खरेल, सुदर्शन मानन्धर, चार्टर एकाउण्टेण्ट डिल्ली पोख्रेल लगायतका विज्ञहरूले अस्पतालका विषयमा धारणा राखेका थिए ।

फाइनान्स डाइरेक्टर रेनुका गुरुङले अस्पतालको आर्थिक पक्ष पूर्ण पारदर्शी र सुशासनको पक्ष गौरव गर्ने खालको भएको बताएकी छिन् ।

Published : Monday, 2024 January 22, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया