देवरद्वारा तन्जिला खातुनको हत्या

लहान । सिरहा जिल्लामा देवर नाता पर्ने व्यक्तिले ३० वर्षीया तन्जिला खातुनको हत्या भएको छ ।

सखुवानान्कारकट्टी गाउँपालिका–४ सखुवहा बस्ने तन्जिला खातुनको हत्या गरेको अभियोगमा उनकै देवर नाता पर्ने २५ वर्षीय मो.ज्याउल मियाँलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

मो.ज्याउल मियाँले धारिलो हतियार बन्चरो प्रहार गर्दा तन्जिला खातुन गम्भीर घाइते भएकी थिइन् ।

धारिलो हतियार प्रहार भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले मो.ज्याउल मियाँलाई पक्राउ गरेको थियो ।

गम्भीर घाइते तन्जिला खातुनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2024 January 22, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया