सहकारीको रकम ठगी गर्नेले नै सहकारीपीडितको समस्या समाधान गर्नुपर्छ : सभापति डा.राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारीपीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छिन् ।

साेमबार सिंहदरबारमा बसेकाे समितिको बैठकमा डा. राणाले सहकारीपीडितहरूको समस्या राज्यले नभएर सहकारी पीडकहरूबाट पीडितहरूको रकम उठाउनु पर्ने बताएकी हुन् ।

‘सहकारी समस्याको समाधान सरकारले दिने होइन,’ डा.राणाले भनिन्, ‘जसले ठगेको छ। त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ ।’

उनले राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर पहल सरकारले गर्नुपर्ने बताएकी छिन् ।

२०७४ सालको सहकारी ऐनले बचत तथा ऋणको कारोबार पाउने गरी ऐन आएको डा.राणाले बताएकी छिन् । उनले भनिन्, ‘त्योभन्दा अगाडि राष्ट्र बैङ्कको अनुमति लिनुपर्ने व्यवस्था हटेपछि अहिले सहकारीमा भएका ठगीहरू त्यही कानूनलाई सच्याउन सकिन्छ सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ ।’

Published : Monday, 2024 January 22, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया