विवादित न्यायाधीश भट्टराईले पदबाट राजीनामा दिए

काठमाडौं । विवादमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् ।

भट्टराईले माघ ५ गते शुक्रवार न्यायाधीश पदबाट राजीनामा दिएका हुन् । भट्टराई लामो समयदेखि न्याय परिषदमा रहेका थिए ।

२०७६ कात्तिक ६ गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो ।

न्यायाधीश भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायत माथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो ।

भट्टराईको यो फैसलामा कैफियत देखिएको भन्दै न्याय परिषदमा उजुरी परेको थियो ।

मुद्दामा प्रहरीले मौकामा बरामद गरेको पेस्तोलमा मेड इन युएसए लेखिएको र ल्याब रिपोर्टमा होम मेड भन्ने रिपोर्ट आएको कारण उक्त हतियारबाट गोली प्रहार भएको पुष्टि हुन नसक्ने भन्दै न्यायाधीश भट्टराईले सफाइ दिएका थिए ।

Published : Sunday, 2024 January 21, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया